काठमाडौं । काठमाडौं महानगरपालिकाको बालुवाटारको वडा नं. ४ को भवनको शिलान्यास गरिएको छ ।
काठमाडौ महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रदेश सभा सदस्यहरु नारायण सिलवाल र सीता अधिकारी, र वडाध्यक्ष मोहनबहादुर विष्टले भवनको शिलान्यास गरेका छन ।
सो भवन आगामी माघसम्म निर्माण लक्ष्य राखेको छ । भवनको लागत ३ करोड ५५ लाख २५ हजार ४२६ रुपैयाँ ९५ पैसा रहेको वडाले जनाएको छ ।
भवन स्वरुप काठमाडौंको मौलिकता देखिने खालको हुनेछ । साढे ३ तले भवनको क्षेत्रफल ७ हजार स्क्वायर फिट हुनेछ ।
अब सो भवन निर्माण नहुन्जेलसम्म आईतबारबाट वडाको सबै कार्यहरु चण्डोल ढुङ्गेधारा मानश्री (बिष्णु) मार्गबाट हुनेछ ।
सो कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले निर्वाचनको बेला जनतासँग गरेको बाचाहरु पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
उपप्रधानमन्त्री पोख्रेलले जेष्ठ नागरकको भत्ता मासिक ५ हजार रुपैयाँ पुराउने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य नारायण सिलवाल र सीता अधिकारीले अन्तर सरकार समन्वयबाट वडालाई समृद्ध बनाउने प्रतिवद्धता जनाएका थिए ।
महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरबासीको चाहनाबमोजिम निरन्तर काम गरिरहेको बताउँदै, नकारात्मक कुरा गर्नेको पछि नलाग्ने बताए ।
प्रमुख शाक्यले भने, ‘म निरन्तर डटेर सहरी समृद्धि प्राप्त गर्ने दिशामा हिँडिरहेको छु ।’
सो क्रममा वडाध्यक्ष मोहनबहादुर बिष्टले चालु योजना सम्पन्न गर्ने र सार्वजनिक जग्गा बचाउने कुरामा कसैसँग सम्झौता नगर्ने बताए ।
त्यसैगरी कार्यक्रममा वडा सदस्य दिनेश महर्जन, ध्रुबप्रसाद त्रिपाठी र कल्पना बयलकोटीले वडाभित्र भौतिक पूर्वाधारका क्षेत्रमा भएका कामका बिषयमा जानकारी दिए ।

Categorized in समाज