२२ मङ्सिर २०७६, आइतबार
Header

कामपाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा प्रभावकारी


प्रकाशित: विहिवार, ५ मंसिर २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाण्डौं । आकस्मिक स्वास्थ्य सेवा (प्रि–हस्पिटल केयर) समेत जडान गरिएको ‘नेपाल एम्बुलेन्स सेवा’ प्रयोग गर्ने १० प्रतिशत सेवाग्राही आत्महत्या गर्न विष सेवन गर्ने विरामी रहेको पाइएको छ । तर एम्बुलेन्स भित्रै आकस्मिक सेवा उपलब्ध भएका कारण अधिकांश विरामीको ज्यान बचाउन सफल भएको छ । 


आकस्मिक सेवाका उपकरण समेत जडान भएको यो नै नेपालको एक मात्र एम्बुलेन्स सेवा हो । काठमाडौं महानगरपालिकाबाट अनुदान प्राप्त गरे पछि यो एम्बुलेन्सले ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई निःशुल्क सेवा दिन पनि शुरु गरेको छ । 


समयमै उचित उपचार दिन नसकीए धेरैजसो विरामीहरूलाई अस्पताल पुगिहाले पनि बचाउन सकिँदैन । त्यसैले उनीहरूलाई अस्पताल लगिरहेकै बेला पनि आकस्मिक उपचार गर्न सक्ने गरी यो एम्बुलेन्स सेवा शुरु गरिएको हो । 


१०२ मा फोन गर्ने बित्तिकै विरामीको घरसम्मै पुग्ने यो एम्बुलेन्स भित्र असाध्य रोगीहरूलाई अस्पताल लगिरहेकै बेला पनि उपचार गर्न आवश्यक हुने विभिन्न उपकरणहरू जडान गरिएको छ ।


यस्तै आधुनिक उपकरणहरू उपलब्ध भएको कारणले गएको ८ वर्षमा ४७ जना गर्भवती महिलाले अस्पताल जाँदाजाँदै एम्बुलेन्स भित्रै सुरक्षितपूर्वक शिशुलाई जन्म दिएका थिए । 


दुर्घटना आदि जस्ता आपतकालीन अवस्थामा विरामीलाई एम्बुलेन्सभित्रै राखेर अस्पताल पु¥याउँदा पनि बीचमा तत्काल दिनुपर्ने स्वास्थ्य सेवा उपलब्ध नहुँदा बाटैमा निधन हुने घटनाहरू प्रशस्त छन् । एउटा सर्वेक्षण अनुसार सामान्यतया ३० प्रतिशत विरामीहरू तत्काल उपचार नपाई बाटैमा मृत्यु हुने गर्छन् । 


विरामीलाई एम्बुलेन्स भित्रै पनि यस प्रकारका सेवा पु¥याउनुपर्ने आवश्यकतालाई महसुस गरी काठमाडौं महानगरपालिकाले आफ्ना नगरवासीका सुविधालाई ध्यानमा राखी नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेको हो । 


महानगरपालिकाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई निःशुल्क सेवा दिनुपर्ने शर्त सहित नेपाल एम्बुलेन्ससँग सहकार्य गरेको हो । काठमाडौं महानगरपालिकाभित्र आपतकालीन चिकित्सा प्रणालीमा सुधार गर्ने र भविष्यमा अन्य एम्बुलेन्सहरूलाई पनि १०२ बाटै सञ्चालन गर्ने उद्देश्यले पनि महानगरपालिकाले यो सहयोगको कदम अगाडी बढाएको हो । एम्बुलेन्सले प्रति किलोमिटर २५ रुपैयाँका दरले शुल्क लिने गर्दछ ।         


गएको असोज महिनामा उक्त एम्बुलेन्स सेवाले कुल ५४६ जना विरामीलाई सेवा प्रदान गरेकोमा १४ जनाले निःशुल्क सेवा पाएका थिए । एम्बुलेन्सले काठमाडौं उपत्यकामा सेवा प्रदान गरेका विरामीहरू मध्ये सबैभन्दा बढी प्रशव सम्बन्धी विरामी छन् । कुल विरामी मध्ये १९ प्रतिशत प्रशवसँग सम्बन्धित विरामी थिए । त्यस पछि १८ प्रतिशत हृदय रोगसँग सम्बन्धित विरामी छन् भने १७ प्रतिशत सास फेर्न गा¥हो भएका विरामी छन् । 


कुल विरामी मध्ये १० प्रतिशत आत्महत्या गर्न विष सेवन गर्ने विरामी रहेका थिए । एम्बुलेन्स सेवा उपभोग गर्ने विरामीहरूको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा आत्महत्या गर्ने नागरिकहरूको संख्या पनि उल्लेख्य रहेको यसबाट थाहा हुन्छ । 

 

jibanshaili
swasthya ad


maa dakshinkali
mahanagar AD
D R Shushil
bijay card
tika travel
maharjan complex
gamal
chunikhel AD
sungava AD