१५ बैशाख २०८१, शनिबार
Header

कामपाको प्रमुख प्रशासकीय अधिकृतमा एकनारायण अर्याल


प्रकाशित: सोमबार, २४ चैत्र २०७६, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा एकनारायण अर्यालले पदवाहाली गरेका छन । 


सोमबार अर्यालले पदवाहली गर्दै भने,‘ चुस्त सेवा र भ्रष्टाचार शुन्य सहनशीलता मेरा प्रमुख बाटा हुन । जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रबिधिकोमाध्यमबाट व्यवस्थित गराउन चाहन्छु यसका लागि मैले मेरो टिमबाट सकारात्मक पृष्ठपोषणको अपेक्षा गरेको छु ।’


अर्याललाई मन्त्री परिषद्को फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो । 


यस अघि नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत पदमा कार्यरत अर्याल भारतको महावाणिज्य दूताबासबाट सरुवा भएर बरबुझारथ गरेपछि नेपाल फर्केका हुन । बिदेशबाट फर्कनेले १४ दिन अनिवार्य क्वारेन्टइनमा बस्नु पर्ने नियमको पालना गर्दै अर्याल क्वारेन्टाइनमा बसेर आज १५ औं दिनका दिन कार्यभार सम्हाल्न महानगरमा आएका थिए  । 


यस पूर्व प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने करीब १ महिना अघि नै भूमि व्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयमा सरुवा भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD