१४ बैशाख २०८१, शुक्रबार
Header

काभ्रे र सिन्धुपाल्चोक बस दुर्घट्नामा १७ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, २४ असोज २०७६, ०८ः५० बजे
- महानगरखवर

काठमाडौं । काभ्रेमा शुक्रवार साँझा भएको दुर्घट्नामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन । 


प्रहरीका अनुसार महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना हुँदा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जनाको मृत्यु भएको छ ।


प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार मोक्तान र बोम्जनको घटनास्थलमा मृत्यु भएको थियोअर्को एक जनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो ।


त्यसैगरी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको पछिल्लो अपडेट रहेको छ । 


भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना हुँदा घट्नास्थलमै सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु प्रहरीले बताएको छ । 


स्थानीयका अनुसार ५० भन्दा बढि घाईते भएका छन । घाईतेहहरुको हेलिकप्टरबाट समेत उद्दार गरिएको छ । 


प्रहरीका अनुसार छतमा समेत यात्रु रहेकाले बसमा ठुलो संख्या यात्रु रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । 


दुर्घट्नमा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ ।


मृतकहरुको पुरा विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD