२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काभ्रेस्थली घटनाः एकै परिवारको चार मृत, सुसाईट नोट भेटियो, फरेन्सिक टोली घर पुग्यो


प्रकाशित: सोमवार, १६ साउन २०७९, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको काभे्रस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको छ । 


तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा मृत भेटिएका परिवार गोरखा जिल्लाको भीमसेना थाप गाउपालिका वडा नं. ६ को भएको प्रहरीले बताएको छ । 


मृतक ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका छिन । प्रहरीका अनुसार श्रीमान श्रीमतिले दुवैले छोरा छोरीको हत्या गरेर आत्म हत्या गरेका हुने सक्ने आशंका छ । 


घटनास्थलमा प्रहरीले ‘सुसाइड नोट’ पनि फेला पारेको छ । घट्नाबारे छोरी आशिका पढ्ने स्कुलका गाडी आएर घर नजिकै साथीले बोलाउँदा कोही नआएपछि स्थानीयहरु भेला भई प्रहरीलाई खबर गरेका थिए । 


खबर लगत्तै प्रहरी घट्नास्थल पुगेको थियो र घरको ढोका खोलेर अवस्था शव भेटिएको थियो । श्रीमान दिनेश र श्रीमति सुनिताविच विवाद हुने गरेको स्थानीयले प्रहरीलाई बताएका छन । 


प्रहरीले घट्नाबारे अनुसन्धान थाल्नको लागि अहिले फरेन्सिक टिम परिचालन गरेर घट्नाबारे जाँचबुझ अघि बढाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex