२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काभ्रेमा बस दुर्घट्ना, १७ जनाको मृत्यु


प्रकाशित: मंगलवार, २७ मंसिर २०७९, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका– ४ मा एक यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । 


प्रहरीका अनुसार बा ३ ख ४३८५ नम्बरको बसमा सवार यात्रुहरु मध्ये १७ जनाको मृत्यु भएको हो ।  बेथानचोक–४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा  बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो ।

केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार भइरहेको छ भने केही काठमाडौं रिफर गरिएको छ ।


बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex