काठमाडौं । काभ्रेको रविओपीमा मिनी ट्रक दुर्घट्ना भएको खवर छ । काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना पछि ट्रकमा आगो लागेको बुझिएको छ ।
सो ट्रकमा १२ सावर यात्रु रहेको जनाएको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।
सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ ।
घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
Categorized in समाज