७ बैशाख २०८१, शुक्रबार
Header

काबुलको आतंककारी आक्रमणमा ११ नेपाली घाईते


प्रकाशित: शुक्रवार, १४ मंसिर २०७५, ०८ः१० बजे
- महानगरखबर

काठमाडौं । अफगानानिस्तानको काबुलमा बुधवार भएको आतंकारी आक्रमणमा परि ११ नेपाली घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । 


बीबीसीका अनुसार आक्रमणमा परि १० जनाको मृत्यु भएको थियो भने १६ जना घाईते भएकोमा नेपाली नागरिक ११ जना र बेलायती ५ जना रहेको छ । 


विश्वकै सबैभन्दा ठुला सुरक्षा कम्पनी जीफोरएस कम्पनीको भित्र आतंककारी हमलावार छिरेर गोली चलाएको थियो । 


अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन ।


घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । 


आक्रमणको जिम्मा तालिवानले लिएको छ । यसअघि काबुलको एक आक्रमणमा १२ नेपाली मारिएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD