१३ बैशाख २०८१, बिहिबार
Header

कापमाद्धारा सहकारी अनुगमनमा तिव्रता, १० हजारदेखि १ करोडसम्म बचत फिर्ता नगर्ने सहकारी भेटियो


प्रकाशित: शुक्रवार, १० फागुन २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सहकारीमा सहकारी विभागले अनुगमन तिव्र बनाएको छ । 


कामपा सहकारी विभागका प्रमुख नवराज ढकालले अनुगमनको क्रममा १० हजार देखि १ करोडसम्म बचत फिर्ता नगर्ने सहकारी फेला परेको बताएको छ । 


प्रमुख ढकालका अनुसार बचत कर्ताको रकम सुरक्षित र सहकारी व्यवस्थित रुपमा सञ्चालन गराउने उदेश्यले अनुगमनलाई तिव्रता दिएको छ । 


सर्वसाधराणको बचत रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही प्रक्रिया अघि बढाएको ढकालले बताए ।  ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेको जानकारी दिए । 


न्युरोड, पुतलिसडक र बानेश्वर क्षेत्रका कम पूँजी भएका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको पाइएको पनि ढकालको भनाई छ ।  


कामपा सहकारी विभागको तथ्यांक अनुसार हाल कामपा भित्र एक हजार ८५६ सहकारी संस्था रहेका छन जसमा बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन ।


विभागले समयमै विवरण बुझाई सहकारी अधावाधिक गर्न पटक–पटक पत्रचार गरेपनि अटेर गरिरहेको अवस्था रहेको प्रमुख ढकाले बताए । हाल ४८० सहकारीले मात्र विवरण बुझाएका छन । 


२०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने व्यवस्था गरेको छ । 


त्यसैगरी महानगरले साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामपाकोे छ ।


कामपाका सहकारीमा करीब दुई लाख सदस्य रहेका छन भने आठ हजारले रोजगारी पाएका छन । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD