१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कान्तिबाल अस्पतालमा छिट्टैनै अक्सिजन पलान्टको उदघाटन हुनेः प्रमुख शाक्य


प्रकाशित: विहिवार, २९ मंसिर २०७८, १७ः४० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अबको केही दिनमै कान्ति बाल अस्पतालमा अक्सिजन पलान्टको उद्घाटन हुने बताएका छन । 


विहिवार महानगरपालिकाको वडा १९ स्थित कंकेश्वरीमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन । 


शाक्यले भने,‘ अब केही दिनमै कान्तिबाल अस्पतालमा सम्झौता गरेबमोजिम अक्सिजन पलान्ट जडान हुँदैछ, उद्धघाटन गर्छौ, वाल अस्पतालमा सिलिण्डर बोकेर जानु नपर्ने गरेर महानगरले सम्पूण खर्च व्होरेका छौ, टिचिङ अस्पतालमा पनि साढे ७ करोड खर्च गरेर सिटी स्कायान मेसिन जडान गर्दैछौ ।’


महानगरले आफैँ स्वास्थ्य क्लिनिकहरु सञ्चालन गरिरहेको छ । स्वास्थ्य सेवालाई सरल, सहज र पहुँचयुक्त बनाउन संघ र प्रदेश सरकारका अस्पतालहरुलाई सहयोग गरिरहेको सो अवसरमा प्रमुख शाक्यले बताए । 


शाक्यले भने ‘स्वास्थ्य सेवा लिनेको संख्या, औषधि वितरणको मात्रा, सेवाग्राहीको आकर्षणजस्ता सूचकका आधारमा लगानीलाई निरन्तरता दिने कि नदिने क्रमशः निर्णय गर्छौँ । सेवाग्राही सेवाप्रति सन्तुष्ट भए भने यसलाई विस्तार गर्न लगानी बढाउँदै लैजाने हाम्रो लक्ष्य हो ।’


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अहिले नेपालमा स्वास्थ्य सेवा महङ्गो भएकोले जनतामा पारेको त्रास घटाउन कार्यक्रम चाहिएका छ । महानगरले नीति र कार्यक्रम बनाएर यसलाई सम्बोधन गर्ने प्रयास गरेको बताईन ।

 
काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डको आर्थिक साझेदारितामा साविकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपीडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । 


महानगरक प्रमुख विद्यासुन्दर शाक्य र मेड्साकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले संयुक्त रुपमा केन्द्र शुभारम्भ गरेका थिए ।  


सो अवसरमा नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीलादेभराद जलाइसहित जनप्रतिनिधिहरु सहभागी थिए ।


स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्नका लागि गएको जेठ २६ गते दुई पक्षविच सम्झौता भएको थियो । प्रमुख शाक्यको रोहवरमा वडा १९ का तत्कालीन वडाध्यक्ष स्व. शशीलाल श्रेष्ठ र मेड्सा डु मोन्डकातर्फबाट देशीय प्रतिनिधि डा. गियोमले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 


काठमाडौँ महानगरपालिका वडा ३ का अध्यक्ष एवं स्वास्थ्य संस्था दर्ता नविकरण समितिका संयोजक दीपक के.सी.ले पनि आफ्ना भनाई राखेका थिए । 


सम्झौताबमोजिम क्लिनिकको संरचनालाई सुधार गरिएको छ । क्लिनिकमा १ जना डाक्टर, १ जना स्टाफ नर्स, १ जना हेल्थ असिस्टेन्ट, १ जना ल्याब असिस्टेन्ट र १ जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । 


त्यस्तै चिकित्सकीय सामग्री तथा उपकरण थपिएको छ । वडा १९ का कार्यवाहक अध्यक्ष मधुसुदन प्रधानले परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिएको बताउनुभयो ।


सम्झौताबमोजिमको स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex