७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न पुगे प्रहरी


प्रकाशित: मंगलवार, ८ जेठ २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नागरिकता सम्बन्धी कसुरमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको हुन । 


सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो । 


सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए ।

 
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए।


जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।


यता पक्राउ पुर्जी जारी भएसँगै अध्यक्ष सिरोहिया रिट लिएर सर्वोच्च अदालत पुगेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex