काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) नियुक्त भएका छन ।
नवनियुक्त मन्त्रीले विहिवारै राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिई पदभार ग्रहण गरेका छन ।
प्रधानमन्त्री देउवाले कानूनमन्त्रीमा बन्दीलाई नियुक्त गरेका थिए । वरिष्ठ अधिवक्ता रहेका उनी संसद छैन । गैर संसदलाई ६ महिनाको लागि मन्त्री पदमा नियुक्ती गर्ने व्यवस्था छ ।
बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए भने अहिलेको सरकार बन्ने बेलामा कानूनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
Categorized in राष्ट्रिय