६ जेठ २०८१, आइतबार
Header

कात्तिक ४ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत सेवा प्रभावित हुने


प्रकाशित: विहिवार, २५ असोज २०८०, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्रधाकिरणको सबस्टेसन स्तरोन्नति गर्ने कार्य भईरहकोले काठमाडौं विभिन्न स्थानमा विद्युत आपुुर्ति सेवा प्रभावित हुने भएको छ । 


प्राधिकरणले एक सुचना जारी गरी काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६ /११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले असोज २४ गतेखि कातिक ४ गते सम्म विद्यूत सेवा प्रभावित हुने जनाएको छ । 


उक्त सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ ।


त्यसकारण यी क्षेत्रमा विद्युत सेवा केही दिन प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD