८ बैशाख २०८१, शनिबार
Header

कात्तिक नाच उच्च सुरक्षाका साथ मनाईने


प्रकाशित: मंगलवार, ९ मंसिर २०७७, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको पाटन डबलीमा सञ्चालन हुने यस वर्षको कात्तिक उच्च सुरक्षाका साथ मनाईने भएको छ । 


नाचसँग सम्बिन्धीत कलाकारहरुलाई मात्रै डबलीमा प्रवेश दिनेगरी उच्च सुरक्षाका साथ नाच देखाउन गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको आयोजक समितिले जनाएको छ । 


कातिक नाचमा बराह र नृसिंहको नाचलाई उच्च सुरक्षाका साथ मनाउने तयारी गरिएको हो । एक महिनासम्म मनाउने भए पनि पछिल्लो समय १२ दिनमात्रै मनाउन लागिएको यो नाच कात्तिक पूर्णिमामा सम्पन्न हुनेगरी १२ दिनसम्म मनाइन्छ ।


यो पर्वको पहिलो दिन सुदामा प्याखँ, भक्त सुरदास प्याखँ, बाथ प्याखँ ३ दिन, युद्ध कला, देवी नृत्य, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण र अन्तिम दिन दधिलीला मनाउने गरिन्छ ।


३७९ वर्षदेखि अविछिन्न रुपमा चल्दै आएको छ तर यस वर्ष कोरोना भाइरसको जोखिमका कारण पाटन दरबार क्षेत्र नै सिल गरेर नाच प्रस्तुत गर्ने तयारी गरिएको हो । 


आयोजक समितिका अनुसार आगामी शुक्रबार र शनिबार क्रमशः बराह र नृसिंहको नाच देखाउने तयारी छ ।  विसं २००७ सालदेखि ३८ सालसम्म पनि नृसिंह नाच र बराह नाच मात्रै देखाइएको थियो । 


यो पर्वको सुरुवात नेसं ७६१ (विसं १६९७)मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ गरेका थिए भन्ने मान्यता छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD