२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कात्तिक नाच आजबाट सुरु


प्रकाशित: सोमबार, २६ कत्तिक २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको प्रसिद्ध कात्तिक नाच आज( सोमबार) देखि १२ दिन सम्म देखाईने भएको छ । 


मंगलबजार स्थित कार्तिक दवलिमा देखाईने नाच एक महिना देखाउने भएपनि आर्थिक अभावको कारण १२ दिन मात्र देखाईने कार्तिक नाच व्यवस्थापन समितिले जनाएको छ । 


यस अघि पनि सो नाच १२ दिनमात्र देखाईएको थियो । 


३७८ बर्ष पुरानो यो नाच राजा शिद्वी नरसिंह मल्लले चलाएको इतिहासमा उल्लेख छ । 


नेपाल सम्बत ७६१ देखि लगातार  देखाएको यस नाचमा कृष्ण लिलामा आधारित दिनै पिच्छे फरक फरक रुपमा देखाइन्छ । नाचका सबै भूमिकामा राजोउपाध्या ,जोशी ,चित्रकार , श्रेष्ठ लगाएत सबै नेवार समुदाय प्रतिनिधित्व हुने गर्दछ । 


आइतबार मंगलबजार दरवार क्षेत्र भित्रको नासःचोकमा नात्येश्वोरको विधिवत पुजा समापन गरिएको छ । नेवार समुदयेमा कलासम्बन्धी कुनै कार्य प्रारम्भ गर्नु अगाडी नात्यश्वोर नासः द्यः पुजा गर्ने परम्परा रहीआएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex