२६ बैशाख २०८१, बुधबार
Header

कातिक १ गतेबाट काठमाडौंका यी ३ सडक ‘वन –वे’ हुने


प्रकाशित: सोमवार, २९ असोज २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरभित्रका तिन वटा सडक खण्ड कातिक १ गतेबाट एकतर्फी (वन–वे) हुने भएको छ । 


काठमाडौं महानगरले एक सुचना जारी गरी वडा ११ स्थित त्रिपुुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल– सेतोपुल– मिलनमार्ग तर्फ वाने गरिएको छ । 


त्यसैगरी, वडा नं. २८ को पुतलीसडको मूलखण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउने ÷आउन नपाउने गरी वान–वे गरिएको जनाएको छ । 


वडा नं. १ र २८ पर्ने दरवारमार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्णपाउरोटी चोक (कमलपोखरी) जानमात्र पाउने, आउन नपाइेने गरी एकतर्फी गरिएको हो । 


महानगरले महानगरभित्र सवारी आगमनलाई थप व्यवस्थित गराउन ती सडकहरु एकतर्फी गरेको जनाएको छ । 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD