६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कातिक १७ गतेदेखि उम्मेदवारहरुले सभा, जुलुस गर्न पाउने


प्रकाशित: सोमवार, १४ कातिक २०७९, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । राजनीतिक दलका उम्मेदवारहरुले कातिक १७ गतेदेखि निर्वाचन प्रचार प्रसार गर्न पाउने भएको छ । 


निर्वाचन आयोगले सोमवार एक विज्ञप्ती जारी गरी उम्मेदवारहरुले आयोगले जारी गरेको आचारसंहिताभित्र रही कातिक १७ गतेदेखि मंसिर १ गते सम्म जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न पाउने जनाएको छ । 


‘आयोगले दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रशारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कातिक १७ गतेमंसिर १ गते सम्म सो बमोजिम निर्वाचन प्रचार प्रसार गर्न सकिने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex