८ बैशाख २०८१, शनिबार
Header

कातिक १३ गते किजापूजाको लागि विदा माग


प्रकाशित: आईतबार, ३ कातिक २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकाका नेवाः सांसदहरुले सरकारसँग कातिक १३ गते किजापुजा (भाईपुजा) दिन विदा माग गरेका छन । 


आईतबार काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेश सांसदको एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी विदा माग गरेका हुन । 


यस वर्षको तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेको भएपनि नेवाः परम्परा र व्यवहार अनुसार कातिक १३ गते मात्र भाईपूजा (किजा पुजा) पर्ने भएकोले विदा माग गरेका हुन । 


उपत्यका संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर तीनका प्रदेश सांसदहरु डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले प्रम ओलीलाई भेटेका थिए । 
आफूहरुको मागप्रति प्रधानमन्त्री ओली सकरात्मक देखिएको सांसद श्रेष्ठले बताए ।


भेटमा सांसदको टोलीलाई कातिक १३ गते विदा दिने आश्वस दिएको संसाद कृष्णगोपाल श्रेष्ठले बताएका छन । 


पञ्चाङ समिति अनुसार कात्तिक १०, ११ र १२ गते तिहार सकिने भएपनि नेवाः समूदायको परम्पराअनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ ।


यस अघि नेपाल भाषा मकाः खलःले पत्रकार सम्मेलन गरेर पञ्चाङ समितिको निर्णय अनुसार नभई नेवाः परम्परा अनुसार  अनुसार कार्तिक ११ गते लक्ष्मी पूजा, १२ गते नेपाल संवत, म्हपूजा र १३ गते किजापूजा (भाई) पूजा गर्न जारी विज्ञप्तीमार्फत सबैमा अनुरोध गरेको छ 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD