काठमाडौं । काठमाडौं महानगरपालिकामा करदाताको संख्या बढेसँगै कर रकममा बृद्धि भएको छ ।
शुक्रवार महानगरको राजस्व परामर्श समितिको बैठकमा राजस्व संकलनको अवस्थाबारे समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकरी दिए ।
उनका अनुसार हिजो (आज) सम्ममा ६ अर्व ३८ करोड ५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गएको बर्षभन्दा यस बर्षको पुस मसान्तसम्ममा सम्पत्ति करतर्फ १ हजार ७३९ जना, बहाल करतर्फ ५ हजार ४० जना र व्यवसाय करतर्फ १ हजार ७३९ जना करदाताको संख्या थपिएको उनले बताए ।
यी शीर्षकहरुमा गएको बर्ष करदाताको संख्या सम्पती करमा ५४ हजार ७१८, बहाल करमा ३६ हजार ५६८ र २७ हजार ७७९ व्यवसाय कर रहेको थियो ।
करदता बढेपछि यो बर्ष ५६ हजार ४५७ (सम्पत्ति कर), ३९ हजार ६०३ (वहाल कर) र ५६ हजार ४५७ (व्यवसाय कर) करदाताको संख्या पुगेको छ ।
यसरी करदाता बढेपछि राजस्वमा पनि बृद्धि भएको विभाग प्रमुख काफ्ले बताएका छन ।
काफ्लेका अनुसार गएको बर्ष सम्पत्ति करमा ६५ करोड २० लाख १० हजार ८२० रुपैयाँ संकलन भएकोमा चालु आर्थिक बर्षमा ६७ करोड ३१ लाख ७८ हजार ५९० रुपैयाँ संकलन भएको छ । यो २ करोड ११ लाख ६७ हजार ७६९ (३.२५ प्रतिशत) रुपैयाँ धेरै हो ।
बहाल करमा १७ करोड ४८ लाख १७ हजार ६९ रुपैयाँ (१४.८० प्रतिशत) धेरै राजस्व संकलन भएको छ । गएको बर्ष १ अर्व १८ करोड १५ लाख १३ हजार ४६८ रुपैयाँ संकलन भएकोमा यस बर्ष १ अर्ब २५ करोड ६३ लाख ३० हजार ५३८ रुपैयाँ संकलन भएको छ ।
यस्तै व्यवसाय करतर्फ १ करोड १७ लाख ७८ हजार २ सय रुपैयाँ ९३.७५० धेरै राजस्व संकलन भएको छ ।
गएको बर्ष ३१ करोड ४१ लाख ५९ हजार २८२ रुपैयाँ संकलन भएकोमा यस बर्ष ३२ करोड ५९ लाख ३७ हजार ४८३ रुपैयाँ संकलन भएको थियो ।
आ. ब.२०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बैठक बसिएको थियो ।
Categorized in स्थानिय