१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौ सहर व्यवस्थापन गर्न यूसीएलीको महानगरलाई प्रस्ताव


प्रकाशित: आईतवार, २७ भाद्र २०७८, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको सहरी व्यवस्थापन गर्न स्थानीय सरकार तथा सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिक (यूसीएलजी)ले इच्छा देखाएको छ । 


शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं सहरको व्यवस्थपानका लागि काठमाडौं महानगरपालिकालाई प्रस्ताव राखेका छन । 


काठमाडौ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोलासहित अधिकारीविच सो विषयमा छलफल भएको थियो । 


सो अवसरमा एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जुले व्याञ्जुले काठमाडौँ देशको मुहार भएकोले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने भनाई राखे ।  


काठमाडौँमा गरिएका अभ्यासले अन्य सरकारमा पनि लाभ पुग्ने भएकोले काठमाडौँसँग सहकार्य गर्ने आफूहरुको प्रस्ताव भएको ब्याञ्जुले बताए । 


महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले सञ्जालले सहरी वातावरण सुधारका लागि मानव मलमुत्र व्यवस्थापनमा गरेको कामबाट आफू प्रभावित भएको बताउँदै अन्य सहरको अनुभव काठमाडौँले सिक्न सक्ने भनाई राखिन । 


त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले पनि अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तरराष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको बताए । 


छलफलमा सञ्जालकी महासचिव डा. चन्द्रावतीले आफ्नो भनाई राखेकी थिईन । सञ्जालको आठौँ सम्मेलन भदौ २२ गतेदेखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको थियो । 


सम्मेलनमा स्थानीय सरकार प्रमुखहरुले कोविड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा पनि चर्चा भएको थियो । 


सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी सहर र एशिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी सहरहरु सदस्य छ्न ।
सञ्जालमा काठमाडौँ महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD