काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २ मा एमालेको वडा अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठसहित प्यानलै बिजय भएका छन ।
श्रेष्ठले १३७९ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका सुर्यलाल महर्जनले ९२७ मत ल्याई पराजित भएका छन ।
यस्तै सदस्यहरुमा पदमकाजी महर्जन, विमल गुरुङ, पुर्णलक्ष्मी रजक र इश्वरी परियार निर्वाचित भएका छन ।
यसअघि वडा नं १ मा पनि एमालेकै भरतलाल श्रेष्ठ विजयी भएका थिए । मुख्य निर्वाचन कार्यलय काठमाडौंले भने औपचारिक घोषणा गर्न बाँकी छ ।
Categorized in स्थानिय