काठमाडौं । प्रहरीले काठमाडौं र भक्तपुरबाट जुवातास खेल्ने २१ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने ४७ वर्षीय आनन्द नाथ फुयालले संचालन गरेको खाध्य गोदाममा जुवातास खेलिरहेको अवस्थामा फुयाल समेत १५ जनालाई ९ बुक तास र नगद ६६ हजार ९ सय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका–७ काल्चा गाउँस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका बस्ने ५९ वर्षीय रामप्रसाद काफ्ले समेत ६ जनालाई ३ बुक तास र नगद ७७ हजार १ सय ४५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज