६ बैशाख २०८१, बिहिबार
Header

काठमाडौ महानगर र ईसेवाविच सम्झौता 


प्रकाशित: आईतवार, १४ कातिक २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका र अनलाईन पे सेवा ईसेवाविच आईतवार एक सम्झौता भएको छ । 


सम्झौता अनुसार महानगरवासीले अब ईसेवाको माध्यमबाट सजिलैसँग सम्पूर्ण करहरु तिर्न सकिने भएको महानगरपालिकाले जनाएको छ । 


अबदेखि महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।


इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन ।  इसेवा एकाउन्ट नभएकाले पनि नजिकै रहेका इसेवा जोन तथा प्वाइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन । 


इसेवाबाट भुक्तानी सहजताका लागि महानगरबासीले सुरूमा वडा कार्यालयमा आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लग इन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ । यसबाहेक काठमाडौं महानगरपालिकाको वेबसाइटबाट पनि युजर नेम र पासवर्ड राखेर इसेवाबाट कर तथा राजस्व दाखिला गर्न सकिनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD