१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौ महानगर उपप्रमुख हरिप्रभा खड्गीलाई मासु व्यवसायीहरुले बुझाए ज्ञापन पत्र


प्रकाशित: मंगलवार, २३ असोज २०७५, २०ः०० बजे
- बुद्धशरण शाही

काठमाडौं । मासु व्यवसायी तथा व्यवसायी सम्बन्ध संघ, संस्थाका प्रतिनिधिहरुले मंगलवार काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई एक ज्ञापन पत्र बुझाएका छन् ।


स्वस्थ्यकर मासु उत्पानदन, उपभोक्ता उपभोग्य अधिकार र व्यवासायीहरुको अवस्था तथा मागसँग जोडिएको विज्ञप्ती नेपाल खड्गी सेवा समितिका पुर्व अध्यक्ष तथा संरक्षक मनोज नेवाः खड्गीले उपप्रमुख खड्गीलाई हस्तान्तरण गरेका थिए । 


काठमाडौँ महानगरपालिकाले मासु व्यवसायीलाई सहयोग र सहकार्य गर्न ज्ञपानपत्र बुझाउन गएको प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।  उभोक्तलाई गुणस्तर तथा स्वस्थ्यकर मासु उत्पादन गर्न व्यबसायिकहरु लागिपरेकोले यसमा महानगरको विशेष सहयोग र साथ आवश्यक रहेको उनीहरुले बताएका छन ।  


व्यवसायीहरुको हक, हित र अधिकार स्थापित गर्न व्यवसायीको प्रयत्न मात्र प्रयाप्त नहुने भन्दै व्यवसायीले महानगरले समेत सम्पूर्ण पक्षको सहभागिता र समन्वय अनिवार्य रहने जनाएका छन् । 


महानगरसँग व्यवासायीहरुको समन्वय गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि कामपा र आफुहरु बीच साझेदारी, समन्वयको अभाव देखिएकोले त्यसलाई सुधार्नु पर्ने धारना राखेका थिए । 


व्यवसायीहरुको ज्ञापन पत्र बुझेसँगै उपप्रमुख खड्गीले उपत्यकाको अन्य महानगर, नगरपालिका संग छिटै छलफल गरि व्यवसायीलाई महानगरको सहकार्य र सहयोग प्राप्त हुने आश्वासन दिएका थिए । 


व्यवसायीले बुझाएका ज्ञापन पत्रमा बधशाला रबधस्थल निर्माण, संचालन र व्येबस्थापन, बधशाला र बधस्थलको सुधार ,मसु जाँचको लागि तालिम  र प्रयोगशाला, पूर्वाधार निर्माण तथा तालिम, जनचेतना तथा तालिम , ब्यबस्थित  मासुपसल, चौपाया व्यबस्थापना केन्द्र कार्यमा महानगरले भूमिका आवश्यक रहेको उल्लेख छ । 


यस अघि व्यवसायीहरुले काठमाडौ जिल्ला समन्वय समितिम ‘स्वच्छ मासु र चाडपर्व’ विषयमा विशेष अन्तरक्रिया सम्मपन्न गरेको थियो । 


काठमाडौँ उपत्यकाभित्र सरकारले १ अर्व ३० करोडको लगानीमा रहेको ८ वटा वधशाला निर्माण गरेपनि बधशाला भने प्रयोगविहीन भएको व्यवसायीको भनाई छ । 


सरकारले बनाएका बधशाला प्रयोगविहीन रहेको र अव्यबस्थित वधशालामा उत्पादित मासु बजारमा बिक्रीका लागि राखिएको भन्दै व्यवसायीले त्यो मासु स्वच्छ सफा रहे नरहेको भन्ने समेत कुनै ध्यान नदिएको बताए ।


ज्ञापन पत्र बुझाउन पशु वधशाला व्यवसाय संघ, चौपाया खरिद बिक्री सेवा संघ, नेपाल खड्गी सेवा समिति, वंगुर ब्यवसायी संघ नेपाल, राष्ट्रिय कुखुरा बिक्री व्यबसायी संघ थिए ।

 




 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex