२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौ महानगरले चौपायको जोखिम घटाउने, बर्षेनी रेविजले १२५ को मृत्यु


प्रकाशित: शनिवार, १४ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठामडौं महानगरपालिको चौपायाबाट हुने जोखिम घटाउने तयारी गरेको छ । 


सहरमा पाइने छाडा कुकुर र चौपायाका कारण मानिसहरु जोखिममा पर्ने संभावनााई ध्यानमा राख्दै महानगरले बजेटको व्यवस्था गरेर सो घटाउने भएको छ । 


शुक्रबार महानगरको कृषि बिभाग, पशु सेवा महाशाखाले आयोजना गरेको रेविज रोग सम्बन्धि अन्तरक्रियामा कामपा प्रमुख शाक्यले महानगरका सडकमा पाइने छाडा चौपायाको पहिचान गर्न अब छिमेकी नगर सिमानामा भएका गाई गोठमा गएर तिनीहरुलाई ट्र्याकिङ् गर्नुपर्ने बताए । 


सहरमा कुकुर पाल्नेहरुले कुकुरको व्यवस्थापनमा ध्यान आवयक रहेको उनके भनाई थियो ।


सो अन्तरक्रियामा बोल्दै वडा ३२ का अध्यक्ष नवराज पराजुलीले एकीकृत रुपमा कार्यक्रम अघि बढाउनु आवश्यकक्ता भएको जिकिर गरेका थिए । 


डा. माधव दाहालले नेपालमा बर्षेनी करीब १२५ जना मानिस र करीब १ हजार पशु रेविजकै कारण मर्ने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।  अहिले कुकुर र अन्य जनावरले टोकेर रेविजको त्रास बोकेर अस्पताल पुग्ने मानिसको संख्या ठूलो रहेको डा. दाहाले सो कार्यक्रममा जानकारी दिए ।  


रेविजको औषधि किन्न टेकु अस्पतालले मात्र बार्षिक करीब २० करोड रुपैयाँ खर्च गर्ने गरेपनि अझै अपुग रहेको उनको भनाई छ । 


अन्तरक्रियामा महानगरीय सामुदायिक कुकुर व्यवस्थापन ‘मनुमित्र’का समुदाय परिचालन संयोजक बसन्त गौत्तमले काठमाडौंका २६ वटा वडाका सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिसकिएको बताउँदै आउँदो जेठ महिनाभित्र सबै वडाका कुकुर बन्ध्याकरण सकिने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex