१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौ महानगरलाई ल्हासा नगरले दियो ४ थान भेन्टिलेटर


प्रकाशित: शनिवार, १ जेठ २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले ४ थान भेन्टिलेटर सहयोग प्रदान गरेको छ । 


भीजी ७० मोडेलका ४ थान भेन्टिलेटरसहति सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र लाञ्जाउका लागि काठमाडौँ महानगरका अवैतनिक महावाणिज्यदूत किशोर बस्नेतले भन्सारबाट सामान बुझेर ३० गते राती महानगरसम्म ल्याएको हो ।  


महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भेन्टिलेटर बुझेका छन ।  प्राप्त सामाग्रीहरुमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ । हाम्रो मित्रता सधैँ रहिरहनेछ ।’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रही रहन्छ ।’ लेखिएको छ ।


प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले काठमाडौँका नागरिककातर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गरेका छन । 


महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेकाअनुसार भगिनी सम्बन्ध भएका चीनका लाञ्जाउ, छेन्दु, नान्जिनलगायत नगरहरुले पनि सहयोगको इच्छा व्यक्त गरेका छन । 


अवैतनिक महावाणिज्यदूत वस्नेतकाअनुसार ल्हासाबाट पठाइएका भेन्टिलेटरको मूल्य ८ लाख आरएमबि (करीब १ करोड ५० लाख रुपैयाँ) हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD