काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलावार विहानको अपडेट अनुसार २४ हजार १३६ मत गनि सकिएको छ ।
विहान ८ः३० बजे मुख्य निर्वाचन अधिकृतको कार्यलयले सार्वजनिक गरेको मतगणना परिणाम र खसेको मतपरिणामको तुलना गर्दा ८७.४ प्रतिशत मत अझै गन्न बाँकी देखिएको छ ।
काठमाडौं महानगरपालिकामा आयोगको अनुसार १ लाख ९१ हजार १८६ मत खसेको छ । महानगरपालिा भित्र रहेको ३२ वटा वडा मध्ये अहिले १, २, ३, ४, ५, ६, ३१ र ३२ को मतगणनाको परिणाम सार्वजनिक भएको हो ।
यी मध्ये वडा न.१ र २ को मतगणना सकिसकेको छ । यी दुई वडमा एमालेले वडा अध्यक्ष जितिसकेको छ ।
अहिले मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अघि देखिएका छन भने एमालेका केशव स्थापित दोस्रो र कांग्रेसका सिर्जना सिंह तेस्रो स्थानमा देखिएको छ । अझै २४ वटा वडाको मत गणना हुन बाँकी नै रहेको छ ।
Categorized in स्थानिय