३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौ महानगरभित्रको ५ स्थानमा वाटर एटिएम स्थापना हुने


प्रकाशित: आईतबार, ९ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखपार्क, स्वयम्भू भईखेल, बालाजु पार्क, शखधर पार्क र ट्रली वस सेवाको कम्पाउण्डमा वाटर एटिएम स्थापना हुने भएको छ । 


आईतबार काठमाडौं महानगरपालिका अध्यक्ष विद्यासुन्दर शाक्यको रोहबारमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच वाटर एटिएमविच सम्झौता भएको हो । 


काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राखिने भएको छ ।  महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले हस्ताक्षर गरेका छन ।


सम्झौताबमोजिम चालु आर्थिक बर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ ।


आगामी ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ ।


काठमाडौं उपत्यकाका १५ ठाउँमा वाटर एटिम राख्ने योजना छ । स्थानापछिका ३ महिना सञ्चालन व्यवस्थापनसहित एटिएमको लागत मुल्य करीब १५ लाख ७५ हजार रहनेछ ।


उपभोक्ताले आवश्यक नभए पनि १ लिटर पानी खरिद गर्नु पर्ने बाध्यकारी अवस्था आउँछ । वाटर एटिमको सुबिधा विस्तार भएपछि उपभोक्तालाई चाहिए जति मात्र पानी खरिद गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।


वाटर एटिएममा २ रुपैयाँको क्वाइन खसालेपछि ३०० मिलिलिटर पानी निस्कन्छ । त्योभन्दा बढी पानी चाहिए थप रकम खसालेर प्राप्त गर्न सकिन्छ । 


यसमा ५ रुपैयाँ तिर्दा १ लिटर पानी प्राप्त गर्न सकिन्छ । यो पानी बोतलमा थाप्न सकिन्छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex