३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौ महानगरको कवाडी समान ‘खाली सिसि’ले उठाउने 


प्रकाशित: बुधवार, ५ चैत्र २०७६, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका कवाडी सामानहरु खाली सिसि व्यवस्थापन प्रा. लि.ले उठाउने भएको छ ।


महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन प्रा. लि. का अध्यक्ष आयुषी के. सी. बीच मंगलावर एक सम्झौता भएको हो । 


५ बर्षका लागिका लागि भएको सम्झौता अनुसार अब महानगरवासीहरुको कवाडी समान खाली सिसिले खरिद गर्नेछ । महानगरबासीले बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि खाली सिसि व्यवस्थापनले पहिचान झल्कने डे«स लगाएका व्यक्ति सामान खरिद गर्न पठाउनेछ । 


सम्झौताको अनुसूचीमा कागज, शिशा, प्लाष्टिक, धातु र स्टिल तथा बिद्युतीय गरी ५ प्रकृतिका पुनप्रयोगीय फोहोर खरिद गर्ने उल्लेख छ । 


जसअनुसार कागज प्रकृतिका खबर कागजको प्रतिकिलो १० रुपैयाँ, किताब ७ रुपैयाँ, कापीको १२ रुपैयाँ, ए४ साइज कागजको ७ रुपैयाँ, म्यागाजिनको ७ रुपैयाँ, परीक्षा कागजको १० रुपैयाँ, कार्डबोर्डको ३ रुपैयाँ, अण्डाको क्रेटको प्रतिकिलो ३ रुपैयाँ राखिएको छ । 


त्यसैगरी दोश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरअन्तर्गत बियरको बोतलको प्रतिगोटा १ रुपैयाँ र वाइनको बोतलको मुल्य प्रति गोटा ५० पैसा राखिएको छ । 


तेश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य बस्तुलाई राखिएको छ । यसमा स्याम्पोको भाँडा र पानीलगायत प्लाष्टिकका बोतलमा राखिएका पेय बस्तुका खोलको मुल्य प्रतिकिलो ५ रुपैयाँ राखिएको छ ।


अनुसूचीमा राखिएको दोश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरअन्तर्गत बियरको बोतलको प्रतिगोटा १ रुपैयाँ र वाइनको बोतलको मुल्य प्रति गोटा ५० पैसा राखिएको छ । त्यस्तै धातुजन्य फोहोरअन्तर्गत अल्मुनियनका सामानको प्रतिकिलो ९० रुपैयाँ, सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्थाअनुसार मुल्य निर्धारण गरिने उल्लेख छ । 


त्यस्तै धातु, ब्रास, तामा, स्टिल र टिन मुल्य प्रतिकिलो क्रमशः २०, ३८०, ४५०, २० र ४ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी बिद्युतीय फोहोरमा क्यामरा, कम्प्युटर र कम्प्युटरजन्य उपकरण, मोवाइल र मोबाइलजन्य उपकरण, टेलिभिजन र टेलिभिजनजन्य उपकरण तथा तारहरु राखिएको छ ।


यिनीहरुको मुल्य भने सामानको परिणाम र अवस्था अनुरुप निर्धारण गरिने खाली सिसि प्रालि.का अध्यक्ष के. सी. को भनाइ छ ।


सम्झौताअनुसार खाली सिसिले हरेक ४ महिनामा मुल्य पुनरावलोकन गरेर महानगरलाई परिवर्तित मुल्यका बारेमा जानकारी गराउनुपर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex