१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौ महानगरको आर्थिक विधेयक २०७८ पारित


प्रकाशित: आईतवार, २० असार २०७८, २०ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवौँ अधिवेसनको पाँचौँ बैठकले आर्थिक विधेयक ०७८ पारित भएको छ । 


बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो ।


महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशत देखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । 


बैठकका अध्यक्ष एवम महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अहिलेको यो महामारीको अवसथमा आर्थिक क्षेत्रको उठ्न सक्ने बनाउन राजस्वका दर यथावत गरेर दायरा बढाउने नीतिअनुरुपमा निर्णय गरेर अघि बढ्ने बताए । 


यस अघि असार ३ गते सभामा पेश भएको आ. व. ०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम पारित भएपछि असार १० गतेको चौथो सभामा आ. व. ०७८/०७९ का महानगरका प्रमुखशाक्यले ‘काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, २०७८’’ प्रस्ताव गरेका थिइ । 


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. ०७८/०७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेट र विनियोजन विधेयक ०७८ पेश गरेका थिए । 


बैठकमा आर्थिक विधेयकमाथिको छलफलमा नगर सभा सदस्यहरु मचाराजा महर्जन, आनन्द गौत्तम, जीवन डंगोल, कृष्णमणि भट्टराई, नरेशमान महर्जन र आशा श्रेष्ठ रौनियारले धारणा राखेका थिए । 


लेखा समितिका संयोजक ध्रुवप्रसाद त्रिपाठीले पेस गरेको लेखा समितिको प्रतिवेदन सभाले प्रतिवेदन पारित गरेको थियो । 


नगर सभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने महानगरपालिकाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD