काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाममा नक्कली आईडी खडा गरी समाजिक सञ्जालको दुरुपयोग गरेको बताईएकी छिन ।
विहिवार निर्वाचन आयोगलाई एक पत्र लेखि आफ्नो नामको आईडी बनाई आगामी मंसिर ४ गते हुुने निर्वाचनलाई केन्द्रित गरी अफबाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने लगायतका काम भईरहेको जानकारी गराइएकी छिन ।
उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन ।
आयोगलाई एक पत्र लेख्दै डंगोलले आयोगबाट भइरहेको काम कारबाहीबारे जानकार रहेको भन्दै उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना, समन्वय र सहयोगका लागि समेत संवेदनशील रहेको बताएकी छन ।
उपप्रमुख डंगोलले यस किसिमको काम गर्ने व्यक्तिको पहिचान गरी कार्वाही गर्न माग समेत गरेकी छिन ।

Categorized in समाज