८ बैशाख २०८१, शनिबार
Header

काठमाडौ प्रहरीले अब जिपिएस ट्रयाकिङबाटै घट्नास्थल पत्ता लगाउने


प्रकाशित: बुधवार, २२ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं प्रहरीले अब जिपिएस ट्रयाकिङबाटै घटनास्थल पत्ता लगाउने भएको छ । 


महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरीको सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम राख्न थालेपछि प्रहरीको काम थप प्रभावकरी हुने परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । 


प्रहरी सवारीसाधनमा भएको जिपिएसको माध्यबाट प्रहरीहरू भनेको ठाउँमा पुगे÷नपुगेको हेर्न, सवारी सधान कहाँ छन जस्ता गतिविधि सजिलै कार्यलयबाट हेर्न सकिनेछ । 


महानगरीय प्रहरी वृत्त, थानकोटका १६ वटा गाडीमा जिपिएस ट्रयाकिङ सिस्टम राखिएको छ । सो जिपिएस चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान गरिएको प्रमुख सिंहले बताए । 


काठमाडौंका अन्य वृत्तका सवारीसाधनमा पनि जिपिएस जडान गरिने तयारी भएको उनले भने । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD