२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

काठमाडौ जिल्ला अदालतबाट फरार अभियुक्त पक्राउ


प्रकाशित: शुक्रवार, १३ पुष २०७५, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । हत्कडीसहित गत बुधवार काठमाडौं जिल्ला अदालतबाट फरार अभियुक्त लालकाजी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 


अभियुक्त तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शुक्रबार सिन्धुलीमा पक्राउ गरेको हो । 


सिन्धुपाल्चोकका अभियुक्त तामाङलाई सिन्धुलीको एक गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरी काठमाडौं ल्याएको प्रहरीले बताएको छ । 


तामाङ विरुद्ध एक युवतीले गालीगलौज गरेको आरोपमा साइबर अपराधमा अनुसन्धान गरिदिन माग गर्दै तामाङ र अर्का एक जनाविरुद्ध उजुरी दिएकी थिइन ।


सोही मुद्दामा अनुसन्धानका लागि म्याद लिन परिसरको टोलीले उनलाई अदालत बुझाउँदा उनी हत्कडीसहित अदालत परिसरबाटै भागेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika