१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौ उपत्यका सहित १० जिल्ला अति संवेदनशीलः स्वास्थ्य मन्त्रालय


प्रकाशित: विहिवार, २ जेठ २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कोरोना जोखिमकोको दृष्टिले काठमाडौं उपत्यकासहित १० जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकेको छ । 


विहिवार मन्त्रालयले काठमाडौ, ललितपुर, भक्तपुर, कास्की, रुपेन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लालाई अति संवेदनशील जिल्ला घोषणा गरेको छ । 


यी संवेदनशिल क्षेत्र तोकिएको जिल्लाहरुमा हुने भिडभाड क्षेत्रमा नजान तथा जमघट नगर्न मन्त्रालयले अपिल समेत गरेको छ । 


मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको हो । जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम रहेका छन । 


त्यसैगरी सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन । 


साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध समेत गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD