काठमाडौं । काठमाडौं उपत्यकमा जेठ ३१ गते सम्म निषेधाज्ञा थपिएको छ ।
उपत्यकका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले जेठ ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
आजको बैठकले यस अघि जेठ २० गते सम्मको निषेधाज्ञामा बन्द गरिएको किराना पसल तथा खाद्यान्न डिपाटमेन्ट खोल्ने दिने भएको छ ।
किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्ने छन ।
यसैगरी विकास निर्माणकका लागि निर्माण सामग्रीहरु ओसार्न राति दिईनेछ भने दिउँसो लेबर राखेर काम गर्न दिइने छ ।
Categorized in राष्ट्रिय