६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौ आईपुग्यो ४४ लाख डोज भेरोसेल खोप


प्रकाशित: शुक्रवार, १ असोज २०७८, १५ः०० बजे
- महानगरखबर

काठमडौं । शुक्रवार चीनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आईपुगेको छ । 


स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो २ बजे उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।


चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ । 


विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ । 


त्यसैगरी हिमाली १० जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला का १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । 


त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ ।


त्यसैरी १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको दाहाले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex