२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौ–२४ बाट डेढ किलो बढि सुन र एक करोड नगद बरामद


प्रकाशित: शुक्रवार, १४ बैशाख २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका वडा २४ स्थित दुछेंननी टोलबाट सुन र नगद बरामद गरेको छ ।


उपत्यका अपराध अनुसन्धान कार्यालय शुक्रवार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुासर १ हजार ७६८ ग्राम ( १ केजी ७६८ ग्राम) सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।


विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ ।


त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन ।


उनीहहरुलाई आज पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD