काठमाडौँ । काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेको अबैध संरचनाहरु ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
शनिवार एक सुचना जारी गरी महानगरले नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका अबैध संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।
Categorized in स्थानिय