काठमाडौं । काठमाडौ महानगरपालिकामा मेयर पदका लागि ३५ जनाले स्वतन्त्र उम्मेदवार दिएका छन ।
ती मध्ये बालेन्द्र शाह(बालेन)को चर्चा यतिखेर धेरै देखिएको छ । समाजाकि सञ्जालमा अत्याधिक छाएका बालेनले काठमाडौंको मतदाताबाट मतपेटिकमा कति मत झार्न सक्छ त्यो ३० गते हुने मतदानले देखाउला ।
पेसाले स्ट्रक्चरल ईन्जिनियर बालेनले महानगरको विकासलागि शिक्षा, स्वास्थ्य, पूूर्वाधार, यातायात, पानी, महिला, फोहरव्यस्थापन लगायत २८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
काठमाडौंको परम्परागत सौन्दर्य झल्काउने भन्दै आएको वालेनलाई सजिलै महानगरवासीको मत परिहाल्छ भन्ने कुनै अधार भने छैन । उनलाई पछिल्लो पुस्ताको युवाहरुको भोट आउने प्रवल संभावना भने देखिन्छ ।
एमाले उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंहसँग प्रतिस्पर्धा गर्नु चानचुने कुरा होइन ।
राष्ट्रिय मिडियाहरुको प्राथमिकतमा परेका बालेनले राम्रै चर्चा पाएका छन । ९० हजार भन्दा बढि मत ल्याएर निर्वाचन जित्ने दावी गर्नु आफैमा सहासको कुरा भने हो ।
यस अघि २०७४ सालको स्थानिय निर्वाचनमा विवेकशिल नेपाली पार्टीका मेयर उम्मेदवार रन्जु दर्शनाले वालेनजस्तै धेरै चर्चा पाएका थिए । उनले त्यसवेला २३ हजार ४३९ मत प्राप्त गरेका थिए ।
अर्का स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमी र उमपेयर विद्या श्रेष्ठको पनि चर्चा कम छैन । काठमाडौका रैथान आदीवासी मूलवासी उनीहरु नेवाः समुदायका लागि परिचित नाम हो ।
लामो समयदेखि काठमाडौं उपत्यकाको नेवाः भूमि अतिक्रमण, गैरन्याकि सडक विस्तारविरुद्ध, भाषा, संस्कृति अतिक्रमण विरुद्ध बुलन्द आवाज उठाउँदै आएका सायमी र श्रेष्ठसँग महानगरवासीसँग मत माग्ने थुप्रै आधारहरु भने देखिन्छ ।
नेवाः हक, अधिकारको लागि लड्दै आएका सायमी थुप्रै पटक जेल पनि परेका छन ।
काठमाडौंको भित्री सहरमा नेवाः सम्पदा प्रेमी, भाषा प्रेमी र युवा पुस्ताहरुको भोट उनहिरुलाई जाने संभावनालाई रोक्न सकिँदैन ।
काठमाडौंको फोहर व्यस्थापन गरी महानगरवासीलाई गरी महानगरवासीलाई वढिभन्दा बढि सुविधा दिने अर्का स्वतन्त्र उम्मेदवार शुशिल थापाको पनि चर्चा छ ।
थापाले महानगरलाई व्यवसस्थित गरी महानगरवासीलाई वढिभन्दा बढि सुविधा दिने प्रतिवद्धताहरु प्रस्तुत गरेका छन ।
उनले महानगरको फोहर व्यस्थापनलाई दिगो र उपयोगी बनाउने बारे चर्चा गर्दै आएका छन । महानगरवासीले आफूूलाई विश्वास गरेर चुनाव जिताउने दावी गरेका छन ।
यस अघि २०७४ का स्थानिय निर्वाचनमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बनेका किशोर थापाले महानगरवासीको १८ हजार ४९६ मत पाएका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेदवार ग्वोर्की प्रसाद श्रेष्ठले १६४, अमोत महर्जनले ४३, दिनेश शाहीले ४२, लक्ष्मी प्रसाद भण्डारीले ३६, नवराज कार्की २१ मत प्राप्त गरेका थिए ।
पार्टीका हजारौ संगठित कार्यकता, प्रतिवद्ध कार्यकर्ता, शुभचिन्तकहरुले पार्टी बाहेक अरु कसैलाई भोट हाल्ने बाला छैन, त्यसैले पनि भन्न सकिन्छ समाजिक सञ्जालमा चुनाव जिते झै लागेपनि त्यो वास्तविकता भने हुने छैन ।
Categorized in स्थानिय