१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौमा डेंगी फैलिन नदिन बायो लार्भिसाइड छर्किदै महानगर


प्रकाशित: मंगलवार, ५ भाद्र २०८०, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न बायो लार्भिसाइड छर्केने भएको छ । 


बायो लार्भिसाईड एक जैविक औषधी भएकोले मानवीय असर नगर्ने महानगर प्रमुु बालेन्द्र शाह (बालेन)ले बताएका छन ।


उनले भने,‘यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ ।’


सोमवार औषधी छर्ने प्रक्रिया र विधिवारे यस काममा संलग्न हुने ६४ नगर प्रहरीहरुलाई बताएको महानगरका प्रशासकिय प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।


बर्खायाम सुरु भएसँगै डेंगी रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको छ । 


यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex