१५ चैत्र २०८०, बिहिबार
Header

काठमाडौमा एमसीसीबिरुद्ध नेमकिपाको खबरदारी सभा


प्रकाशित: शुक्रवार, १६ पुस २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले शुक्रवार काठमाडौंको बानेश्वरमा खवरदारी सभा गरेको छ । 


अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न दबाब दिन खबरदारी सभा गरेको हो । 

 


पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका थिए । उनीहरुले कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी र पुरानो बानेश्‍वरबाट आएका प्रदर्शनकारीले पानी ट्‍यांकी अगाडि एमसीसीविरुद्ब नाराबाजी गरेका छन ।


पार्टीका नेता प्रेम सुवालले सभालाई सम्बोधन गर्दै सो सम्झौंता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गरेका छन । उनले सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए ।


नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गरे । उनले एमसीसी सम्झौंता गरेर देशलाई घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने पनि बताए ।
नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD