१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौमा आज रातीदेखि मेला, महोत्सव, जात्रा, जुलुस गर्न नपाईने


प्रकाशित: विहिवार, १४ असोज २०७८, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा आज (विहिवार) राती १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ । 


जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज एक आदेश जारी गरी घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि नगर्न भनेको छ । 


काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गर्न भनिएको छ ।  


त्यसैगरी कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ । स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, सामाजिक दुरी कायम गर्ने, सार्वजनिक सावरी साधानहरुमा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, यात्रुको ढोकमा स्यानिटाईजर गर्नु पर्ने आदेशमा उल्लेख गरिएको छ । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD