२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौमा आजबाट एक हजार वेड थपिने


प्रकाशित: आईतवार, १९ बैशाख २०७८, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएको छ । 


स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने जानकारी दिएका हुन । 


उनले शुक्रवार एक भिडियो सन्देशमार्फत उपत्यकामा एक हजार बेड थपिने बताएका थिए । उनले भने, ‘कोभिड–१९ प्रकोपा को दोस्रो लहर अलि जटिल, गम्भीर तर हामी आतंकति हुने अवस्था छैन ।’


स्वास्थ्य मन्त्रालयले वेड उपलब्ध गराउने अवस्था छैन भनेर व्यक्तव्य दिएपछि सरकारको चर्को आलोचना हुन थालेपछि मन्त्री त्रिपाठीले सरकारले हात नउठाएको बताएका छन । 


मन्त्री त्रिपाठीले भने, ‘हस्पिटलहरु हामी थप गर्दैछौं, भोलिदेखि नै काठमाडौं उपत्यकामा कमसेकम एक हजार वेड व्यवस्था गर्दैछौं ।’


अक्सिजन सिलिण्डर लगायतको आपूर्तिमा समस्या देखिएको र त्यसलाई समाधान गर्न कोसिस भइरहेको उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex