२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौबाट एक सय बर्ष पुरानो बालगोपालको मुर्ति सहित २ पक्राउ


प्रकाशित: बुधबार, २ साउन २०७५, २१ः४८ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौबाट प्रहरीले एक सय बर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मूर्ती सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

 
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ पेरिसडाँडा बस्ने पाल्पा छहरा गाउँपालिका–४ का २७ वर्षीय दोलख बहादुर सोमई र ललितपुर ग्वार्को बस्ने काभ्रे तेमाल गाउँपालिका–५ का ३७ बर्षीय दिपक मैनाली रहेका छन ।

 
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमईलाई पक्राउ गरी उनको कोठा तलासी गर्दा ढलौटको ८ केजी १ सय ७० ग्राम तौलको ३४ सेमी लम्बाई भएको १ थान मूर्ति बरामद भएको र  उक्त मूर्ति उनलाई मैनालीले बेचविखन गर्न दिएको खुल्न आएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

 
उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex