१ जेठ २०८१, मंगलबार
Header

काठमाडौको शिव मन्दिरमा दर्शनार्थीहरुको भीड (तस्वीरहरु)


प्रकाशित: सोमवार, २९ साउन २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । आज साउने अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।


साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन ।

 


काठमाडौं महानगरपालिका वडा २४ मखनस्थित शिव मन्दिरमा दर्शनार्थीहरुको लामै घूइँचो देखिएको थियो । 


साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

 


आज काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरमा दर्शनार्थीहरुको भीडभाड रहेको छ । 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD