काठमाडौँ । काठमाडौंको लगन टोलमा निर्माण हुन लागेको ‘लगन–पार्क’को महानगर प्रमुख विद्यासुन्दर शक्यले शिलान्यास गरेका छन ।
विहिवार कामपा– २१ वडास्थित लगनचोकमा आयोजित एक कार्यक्रममा प्रमुख शाक्यले पार्कको शिलान्यास गरेका हुन ।
शिलान्यासपछि प्रमुख शाक्यले महानगर क्षेत्रका खाली जग्गा हरुको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई तीब्रता दिएको प्रतिक्रिया दिए ।
पार्कलाई ऐतिहासिक र पुरात्वात्तिक महत्व दिन पुराना दस्तावेज र पुरात्वात्विक महत्वका सामग्री राख्नका लागि संग्रहालय पनि गरिने प्रमुख शाक्यले जानकारी दिए ।
आउँदो बर्ष २०७७ साल माघ मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी कंडेलरके.एण्ड केजीररमिता जे.भीले ठेक्का पाएको छ । पार्कमा आधुनिक र सुविधासम्पन्न हुनेछ ।
महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार अष्टमंगल र पञ्चतत्वलाई डिजाइनमा समावेश गरेर पार्क निर्माण योजना बनाइएको हो ।
पार्कका आकाशे पानी संकलन बिधि जडान हुनेछ भने (अपाङ्ग, बालबालिका, जेष्ठ नागरिकलगायत सबै पुग्न सक्ने) पहुँचयुक्त अवधारणा बमोजिमको हुनेछ । पार्कका शौचालयको पनि व्यवस्था हुनेछ ।
यसका अतिरिक्त सत्तल, संग्रहालय, स्कल्पचर, पोखरी र ढुंगेधाराले पार्कलाई सजावट गरिनेछ । भ्याटबाहेक ३ करोड ५७ लाख १९ हजार ६ सय १८ रुपैयाँ पार्क निर्माणको बजेट रहेको छ ।
सो अवसरमा संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ, भीमसेनदास प्रधान, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्यहरु, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य शिलान्यास अवसरमा सहभागी रहेको थियो ।
२०७२ बैशाख १२ को भूकम्पले यस ठाउँमा भएका भौतिक संरचनालाई भग्नावशेषमा परिणत भएको थियो । त्यतिवेलासम्म यस ठाउँलाई नेपाली सेनाले सिलखाना (हतियार भण्डारण गर्ने स्थल) का रुपमा प्रयोग गर्दै आएको थियो ।
Categorized in समाज