४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौको यी केन्द्रहरुबाट खोप दिईने, मंगलवार ६४ बर्षकाहरुलाई मात्र


प्रकाशित: सोमवार, २४ जेठ २०७८, १५ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका खोप केन्द्रबाट ६४ बर्ष उमेर समूहलाई मंगलवार कोभिड खोप दिईने भएको छ । 


पहिलो दिन पहिलो डोज मंगलवार ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेल दिन लागिएको हो । दोस्रो दिन बुधवार जेठ २६ गते ६३ बर्षका लागि खोप दिईन । 


त्यसैगरी विहिवार जेठ २७ गते ६२ बर्षका लागि, शुक्रवार जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ शनिवार गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाईने सहरी स्वास्थ्य बिभागले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी दिएका छन । 


यस अघि कोविडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।


खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्ने तथा सो नभएको खण्डमा वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्ने बताईएको छ । 


यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । 


जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।

 

वडा खोप केन्द्रको नाम


०१. नन्दी रात्री स्कुल, नक्साल
०२. वडा कार्यालय, लाजिम्पाट
०३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
०४. वडा कार्यालय, वालुवाटार
०५. वडा कार्यालय, हाँडीगाउँ
०६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
०७. वडा कार्यालय, मित्रपार्क, चावहिल
०८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
०९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२. बुद्ध माई अस्पताल, टेकु
१३। जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५.भुइँखेल चौर, स्वयम्भू
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७. पब्लिक युथ क्याम्पस, धोवी चौर
१८. पुष्पलाल पार्क, विष्णुमती किनार
१९. वडा १९ कार्यालय परिसर,
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२. वडा कार्यालय, टेवहाल
२३. नव आदर्श विद्यालय, बसन्तपुर
२४. इतुमबहाल, तारणीबहाल
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय परिसर, लैनचौर
२७. महावौद्ध चोक
२८. कार्यालय परिसर, सिटी मार्केट
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१. इ.पि. यस. स्कूल, मीनभवन
३२. वडा कार्यालय परिसर, पाल्पाकोट

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika