२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौको बसन्तपुरबाट सुनको गहना चोरी गरेको अरोपमा २ पक्राउ


प्रकाशित: सोमबार, ७ साउन २०७५, २०ः१९ बजे
- महानगरखबर

काठमाडौं । सुनका गहना चोरी गरेको अरोपमा काठमाडौको बसन्तपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


पक्राउ पर्नेमा काठमाडौं बसन्तपुर बस्ने सर्लाहीका २२ वर्षीय आयुष कार्की र बसन्तपुर बस्ने लमजुङका २८ वर्षीय बिष्णु गुरुङ रहेका छन् । प्रहरीले चोरीको गहना खरिद गर्ने ्काठमाडौं चावहिल बस्ने भारत कलकत्ताका ३४ वर्षीय सुनिल राउत र २२ वर्षीय खेकन मतालिकलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

 
साथै राउत र मतालिकसँग सस्तो मूल्यमा सुनको गहना खरिद गर्ने किलागलस्थित सुन पसलका संचालक २७ वर्षीय मनोरञ्जन मण्डललाई समेत प्रहरीले ४ तोला ८३ लालको सुनको ढिक्का, चाँदी ११ तोला ३३ लाल र नगद १ लाख ६७ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।


काठमाडौं महानगरपालिका–१४ कलंकी स्युचाटारबाट साउन ४ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त उक्त बिबरण खुल्न आएको हो ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD