काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौंको फोहोरले महामारी फैलिन सक्ने बताएका छन ।
आज (बुधबार) साँझ थापाले सार्वजकि अपिल जारी गर्दै उनले सबै जना मिलेर समाधान निकाल्नु पर्ने बताएका छन ।
उनले भने,‘अतः सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु– कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं।’

Categorized in समाज