६ जेठ २०८१, आइतबार
Header

काठमाडौका दुई मिठाई पसलमा अखाद्य पदार्थ हाईड्रो प्रयोग गरिएको भेटियो


प्रकाशित: विहिवार, ११ कातिक २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रका मिठाइ पसलहरुमा हाइड्रोको प्रयोग गरिएको पाइएको छ ।


महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले विहिवार गरेको बजार अनुगमनको क्रममा सो पाईएको बताएको छ । 


समितिका अनुसार पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेका छन । आज लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा २ वटा मिठाई पसलको भान्छामा हाइड्रोका बट्टा भेट्टाएको समितिले जनाएको छ । 


तृष्णा मिठाइ पसल र निखिलेश्वरम मिठाइ पसलको भान्छामा भेट्टाइएका ती बट्टाहरु अनुगमन टोलीले बरामद गरेको छ । ती दुवै पसललाई १०÷१० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गराइएको छ । 


अनुगमन समितिका अधिकारीको प्रश्नमा पसलहरुले भने,‘उपभोक्ताहरुले धेरै सेता मिठाइ मन पराउने भएपछि यदाकदा प्रयोग गर्ने गरेको स्वीकार गरेका छन । 


उपभोक्ताको रुची अनुसार रसबरी बनाउने हो भने एउटाको लागत ६० रुपैयाँसम्म पर्छ । लागत ६० भएपछि विक्री कित रुपैयाँमा गर्ने ? हिजोसम्म २०–३० रुपैयाँमा पाइएको रसवरी ७०–८० रुपैयाँमा विक्री हुन्छ कि हुँदैन ?


तृष्णा मिठाइको भान्छाबाट म्याद सकिएका थप ८ बट्टा रङ् र निखिलेश्वरमको भान्छाबाट करीव २० लिटर म्याद सकिएको बटर जफत गरिएको छ ।


सोह्रखुट्टे चोकमा रहेको सूर्यदेव मिठाइ पसलबाट करीब २ सय वटा रसवरी नष्ट गरिएको छ । भान्छामा ठूलो ड््याक्चीमा राखिएको रसवरीमा भुसुना, लामखुट्टेजस्ता कीराहरु तैरिरहेका थिए ।


महानगरले खाद्य सुरक्षा तथा बजार व्यवस्थापनसँग सम्बन्धित कार्यालयसँग सहकार्य गरेर तिहार लक्षित बजार अनुगमन गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD